१४ फाल्गुन २०८०, सोमबार

वर्षातमा कल्भर्ट विस्तारको कामले पूर्व-पश्चिम राजमार्ग जोखिममा



अत्तरिया, २३ असोज ।

कैलालीको अत्तरियामा वर्षातकै बिच कल्भर्ट विस्तारको काम गरिँदा पूर्व पश्चिम राजमार्ग जोखिममा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अत्तरिया चोकदेखि करिब ५ सय मिटर पूर्वमा रहेको कल्भर्ट विस्तार गर्दा पुरानो कल्भर्ट छेउको सडक भत्किन थालेको छ ।

सवारी साधनको चाप रहने सो क्षेत्रमा कल्भर्ट छेउको सडक भत्किन थालेपछि अहिले सिङ्गल लेनमा सवारी साधन सञ्चालन गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरमार्फत् निर्माण भइरहेको उक्त कल्भर्टको ठेक्का चन्द ग्रुप सप्लायर्सले पाएको छ । अत्तरिया बजार क्षेत्रमा पर्ने ३ वटा कल्भर्ट विस्तारका लागि सडक डिभिजन कार्यालयले चन्द ग्रुपसँग डेढ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार काम सक्नु पर्ने म्याद माघ मसान्तसम्म रहेकाले हाल उक्त ठेकेदार कम्पनीले वर्षातको समयमा पनि काम जारी राखेको जनाएको छ । जसले गर्दा सडक किनारा कमजोर हुँदा भत्किन थालेको हो । उक्त कल्भर्ट निर्माणको काम असार महिनादेखि सुरु गरिएको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि यज्ञ भट्टले माघ मसान्तभित्र ३ वटा कल्भर्टको काम  सक्नुपर्ने भएकाले अहिले पनि काम जारी रहेको बताए । ठेक्का सम्झौता भए लगतै काम सुरु गरेको उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ०१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२