१४ फाल्गुन २०८०, सोमबार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी अर्थशास्त्रीलाई



न्युयोर्क, २४ असोज । 

अमेरिकाका तीन अर्थशास्त्री बेन बर्नान्के, डगलस डायमण्ड र फिलिप डिब्भिगलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । बैंक तथा वित्तीय संकटमा गरेको उल्लेख्य कार्यका लागि उनीहरूलाई सो पुरस्कार दिइने भएको हो । बर्नान्के अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्ष तथा थिंक ट्यांक ब्रुकिङ इन्स्टिच्युटका विज्ञ  हुन् भने डायमन्ड युनिभर्सिटी अफ शिकागोका प्राध्यापक र डिब्भिग वासिंगटन युनिभर्सिटीका प्राध्यापक हुन् ।

पुरस्कार बापत १० मिलियन स्विडिस क्रोनर तीन जना अर्थशास्त्रीहरूले बराबर बाँडेर लिनेछन् । अर्थशास्त्रतर्फको पुरस्कार नोबेलको सम्झनामा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको थियो ।

सन् १९८० को दशकको प्रारम्भमा उनीहरूले गरेको कार्यका लागि रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले मान्यता दिएको थियो । उनीहरूको कार्यले बैंकको आवश्यकता, तिनीहरूको मुख्य जोखिम र पतनले कसरी वित्तीय मन्दीलाई चर्काउन सक्छ भन्ने बारे हाम्रो आधुनिक बुझाइको आधार प्रदान गरेको नोबेल एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ०५ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२