१७ मंसिर २०८०, आइतबार

हुन्डी कारोबार नियन्त्रण गर्न कार्यदल गठन



काठमाडौं,२५ असोज ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र दक्षिण कोरियाबाट नेपालतर्फ भइरहेको हुन्डी कारोबारलाई निरुत्साहित गर्न कार्यदल गठन गरेको छ। पछिल्लो समय इजरायल र कोरियाबाट ठूलो मात्रामा रकम हुन्डीमार्फत आउन थालेपछि नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयलाई सहजीकरण गर्न कार्यदल गठन गरिएको हो।

इजरायलमा कार्यरत नेपाली श्रमिकले हुन्डीमार्फत पैसा पठाउन थालेपछि त्यहाँस्थित नेपाली दूतावासले चासो व्यक्त गर्दै हुन्डीमार्फत नेपाल पैसा नपठाउन अनुरोध गरेको छ ।

इजरायलबाट बढ्दै गएको हुन्डी कारोबारका सम्बन्धमा कारोबार दैनिकले माग गरेको सूचनामा इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले हुन्डी इजरायलबाट मात्रै नभएर संसारभरबाट नेपालमा पैसा पठाउने माध्यम बनिरहेको जनाएको छ। दूतावासले हुन्डी कारोबार बढ्दै गइरहनु थप दुःखको कुरा रहेको जनाएको छ।

यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : १४ बजे

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र

छुट्टाछुट्टै स्थानमा ५ जना मृत अवस्थामा फेला

राजधानी लाइभ, काठमाडौं। भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा