१५ आश्विन २०८०, सोमबार

प्रभु साहमाथि केपी ओलीको आरोप: ‘उनी सन्दिग्ध, षड्यन्त्रकारी व्यक्ति हुन्’



काठमाडौँ, २५ असोज ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति सदस्य प्रभु साहमाथि सन्दिग्ध व्यक्ति रहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले एक टेलिभिजनको कार्यक्रममा बोल्दै उनले प्रभु साह सन्दिग्ध व्यक्ति रहेको बताएका हुन् ।

टेलिभिजन कार्यक्रममा बोल्दै ओलीले साहमाथि पार्टीविरुद्ध षडयन्त्र र बेइमानी गरेको समेत आरोप लगाएका हुन् । साहले पहिले देखि नै सन्दिग्ध गतिविधिमा रहेको सूचना आफूले पाए पनि यो खालको बेइमानी गरिहाल्छन् भन्ने विश्वास आफूलाई नलागेको ओलीले बताएका हुन् ।

ओलीले भने,‘उहाँ (प्रभु शाह) अलिक लामो समय देखि सन्दिग्ध गतिविधि गरिरहनुभएको थियो पार्टीमा । उहाँका गतिविधिहरू, भेटघाट र हिमचिमहरु अलिक सन्दिग्ध खालका थिए । त्यस्ता रिपोर्टहरु आईरहेका थिए । तर मैले त्यक्ति विश्वास गरेको थिइन् । त्यस्ता रिपोर्टहरु आउँछन्, आशंकाहरु हुन्छन्, कहिले कहिले । तर, त्यस्तै हुन्छ भन्ने थिएन । तर उम्मेदवार मनोनयनका दिन उहाँको तरिका देखेपछि जे रिपोर्ट आएका थिए, ति सही रहेछन । उहाँले मै सँग अव तुरुन्तै उम्मेदवारी दर्ता गदैछु भन्नुभएको थियो ।’

साहले रौतहट ३ बाट प्रतिनिधीसभा सदस्य उम्मेदवारका लागि एमालेले दिएको टिकट गोजीमा राखेर अन्तिम समयमा स्वतन्त्रबाट उम्मेदवारी दिएपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो ।साहले आफु निकटका मानिसहरुलाई एमालेले टिकट नदिएको र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेका कारण आफु त्यसप्रति असहमत रहेकोले स्वतन्त्रमा उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

साहले अलग्गै स्वतन्त्र समूह बनाई मधेसका ८ जिल्लामा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १७ गरी कुल २५ स्थानमा स्वतन्त्र उम्मेदवार नै खडा गरेका थिए । त्यसपछि एमाले अध्यक्ष ओली साहसँग रुष्ट र आक्रोशित छन् । साहले रौतहट सिंगै जिल्लामा एमाले खाली गराईदिने षडयन्त्र गरेको ओलीको भनाई छ । एक टेलिभिजनलाई दिएको अन्तवार्तामा ओलीले साहले गम्भिर षडयन्त्र र बेइमानी गरेको बताएका हुन् ।

माओवादी र एमाले अलग-अलग अगाडी बढेपछि साहले माओवादी छोडेर एमाले रोजेका थिए । त्यसपछि पनि साहले ओलीसँग ८बुँदे मागसहितको पत्र नै बुझाएका थिए । त्यसको सम्वोधन गर्न एमालेले साह निकट केही नेताहरुलाई पार्टीको केन्द्रीय कमिटिमा समेत ल्याएको थियो । तर पनि साहलाई एमालेले सन्तुष्ट बनाउन सकिरहेको थिएन ।

पछिल्लो समय एमालेमा साह र एमाले सचिव रघुविर महासेठका वीचमा समेत अन्तरविरोध चर्किएको थियो । त्यही वीचमा साहले पार्टी टिकट गोजीमा राखेर स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : २६ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि