१४ फाल्गुन २०८०, सोमबार

जसपाका चार मन्त्रीको पद खोस्ने देउवाको तयारी



काठमाडौं । सत्ता गठबन्धन छाडेर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग चुनावी तालमेल गर्ने जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् । उनीहरूलाई आजै हटाउनेबारे प्रधानमन्त्री देउवाले परामर्श गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई देउवाले हटाउने तयारी गरेको हो ।

सत्ता गठबन्धन भन्दा बढी सिट दिने भनेपछि जसपाले एमालेसँग तालमेल गरेको थियो । गठबन्धन छोडेपछि जसपाका मन्त्रीहरूलाई हटाउने निर्णयमा प्रधानमन्त्री पुगेका हुन् ।

आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटार मा सत्त गठबन्धन को बैठक बस्दै छ । अन्तिम समयमा सत्ता गठबन्धन छोडेर एमाले सग चुनावी तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपालाई सरकार मै राखिरहने या हटाउने भन्ने बारेमा आज छलफल हुन्छ ।

त्यस्तै उम्मेदवारी फिर्ताको समय भोलीसम्म रहेकोले देशभर गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका हरुलाई फिर्ता गर्न आह्वान गर्ने र नमिलेको र दोहोरो उम्मेदवारी परेका स्थानमा कसरी मिलाउने भन्ने बारेमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ३९ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२