१४ आश्विन २०८०, आइतबार

राजीनामा नदिए जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने देउवाको चेतावनी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको हो ।

जसपाका एक मन्त्रीले राजीनामा नदिए बर्खास्त हुने नरम भाषा प्रयोग गरिएको नेपाल प्रेसलाई बताए । जसपाबाट राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादव मन्त्री छन् ।

जसपालाई सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि सरकारबाट मन्त्री हटाउन दबाब छ । तर, जसपाका सहअध्यक्ष एवं मन्त्री श्रेष्ठले भने आफूहरु सत्ता गठबन्धनमै रहेको र एमालेसँग आंशिक ठाउँमा चुनावी तालमेलमात्र भएको बताए ।

श्रेष्ठले आफूहरु पाँच दलीय गठबन्धनको साझा न्यूनतम कार्यक्रममार्फत सरकारमा गएको र त्यसमा प्रतिबद्ध रहेकाले सरकारबाट हट्ने कुरा नहुने बताए । उनले प्रधानमन्त्रीले बर्खास्त गरे अलग कुरा हुने भन्दै आफूहरु एजेण्डाका आधारमा पाँच दलमै रहेको दाबी गरे ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ४९ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम