१४ फाल्गुन २०८०, सोमबार

रौतहटमा सत्ता गठबन्धनबाटै बागी उम्मेदवारी, गठबन्धनभित्र खटपट



रौतहट, २५ असोज ।

रौतहटमा सत्ता गठबन्धनमै रहेका दलका प्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि गठबन्धनमा आबद्ध दलहरूबीच विवाद सुरू भएको छ । रौतहटका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा सता गठबन्धन मै रहेका दलले बागी उम्मेदवारी दिएका हुन् ।

सहमतिअनुसार क्षेत्र नम्बरमा सता गठबन्धनमा रहेको माओवादी केन्द्रको भाग परेको थियो । यहाँ माओवादीका धिरज भन्ने रवीन्द्र पटेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका थिए । एमाले गठबन्धनबाट स्थायी समिति सदस्य प्रभु साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

लगत्तै कांग्रेसका महाधिवेशन प्रतिनिधि ओमप्रकाश जयसवालले पनि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीलाई पटक पटक आग्रह गर्दा पनि टिकट नदिएकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जयसवालले बताएका छन् । यसैगरी केन्द्रीय सहमतिअनुसार रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा कांग्रेसलाई , प्रदेश ‘क’ माओवादी केन्द्र र प्रदेश ‘ख’ एकीकृत समाजवादीको भागमा परेको थियो ।

सहमतिअनुसार कांंग्रेसबाट प्रतिनिधिसभामा देवप्रसाद तिमल्सिना, प्रदेश ‘क’ का माओवादी केन्द्रका युवराज भट्टराई ‘समिर’ र प्रदेश ‘ख’ एकीकृत समाजवादीका शेख सतार संयुक्त रूपमा गठबन्धनको तर्फबाट जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

तर, उनीहरूले मनोनयन दर्ता गरेको केही समयपश्चात् एकीकृत समाजवादीको तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षरित पार्टीको आधिकारिक टिकट बोकेर बालकृष्ण श्रेष्ठले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए ।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने आफूहरूले गठबन्धनमा सहमति गरेर मित्रवत् प्रतिष्पर्धा गर्न उम्मेदवारी दर्ता गरेको बताएका छन् । तर, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष टीका आचार्यले कुनै सरसल्लाह नगरी एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता भएको स्पष्ट पारेका छन् ।

केन्द्रीय निर्देशनअनुसार नै उम्मेदवारी दिएको दाबी

एकीकृत समाजवादीका चन्द्रपुर नगर कमिटी अध्यक्ष बाबुराम दाहालले भने गठबन्धनमा कुरा नमिलेको ठाउँमा मित्रवत् प्रतिष्पर्धा गर्ने भन्ने केन्द्रीय निर्देशनअनुसार नै आफूहरूले उम्मेदवारी दिएको बताए ।

उनले आफूहरूको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने बताए । प्रदेश ‘क’ मा ०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो । तर, यसपटक आफूले जितेको स्थान माओवादीलाई दिएको भन्दै निवर्तमान प्रदेशसभा सदस्य धनलाल ठोकरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी, रौतहट क्षेत्र नम्बर २ प्रदेश  ‘ख’ मा पनि एकीकृत समाजवादी र माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। एकीकृत समाजवादीबाट कनिष पटेल र माओवादी केन्द्रबाट सुरेन्द्रप्रसाद जयसवालले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ३ : ४९ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१÷८२