काठमाडौं, २५ असोज ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् ।
काठमाडौं क्षेत्र नं. १ मा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं. २ मा २६ जना पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् ।काठमाडौं क्षेत्र नं. ३ मा २१ जना पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ ।
काठमाडौं क्षेत्र नं. ४ मा ३३ जना पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, काठमाडौं क्षेत्र नं. ५ मा २६ जना पुरुष र ४ जना महिला गरी कुल ३० जनको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं. ६ मा २३ जना पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं. ७ मा २४ जना पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ८ मा १७ जना पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी काठमाडौं क्षेत्र नं. ९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौं क्षेत्र नं. १० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया