१९ फाल्गुन २०८०, शनिबार

रेशम चौधरीको उम्मेदवारी खारेज 



काठमाडौं, २४ असोज ।

निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ । टिकापुर हत्याकाण्डको प्रमुख आरोपीको रूपमा जन्म कैद भोगिरहेको जन्मकैद सुनाएका चौधरीको मंगलबार आयोगले उम्मेदवारी खारेज गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि वारिसनामामार्फत दर्ता भएको उम्मेदवारी दर्ता गराएका थिए ।  प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को (घ) बमोजिम चौधरीको उम्मेदवार रद्द भएको आयोगले जनाएको छ ।

यो पनि : रेशम चौधरीको उम्मेदवारी रद्द हुने, दुई दशकसम्म चुनाव लड्न बन्देज

चौधरीलाई २०७५ फागुनमा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदालत दिपायलले पनि विसं. २०७७ पुसमा सदर गरेको थियो । अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित सदर जेलमा छन् ।

चौधरीले बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट वारिसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो ।

घटनापछि फरार भएका चौधरीले विसं. २०७४ मा कैलाली क्षेत्र नम्बर १ मा तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ५८ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू