१९ मंसिर २०८०, मंगलबार

अनुमति बिना ड्रोन उडाए कारबाही हुने



काठमाडौं । सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारबाही गर्ने भएको छ ।   केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरीत अनुमति नलिई ड्रोन उडाएको सूचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दै कारबाही गर्ने बताएको हो ।

‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारबाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ ।  अति आवश्यक प्रयोजनको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल सम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ ।

दुई केजी तौलभन्दा बढीको ड्रोन उडाउन परेमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ३७ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ