चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको गरेका हुन् ।
जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको बताए । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र छ ।
कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए । रामप्रसाद न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका छन् । चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।
प्रतिक्रिया