काठमाढौं । नेकपा (एमाले) का नेता भीम रावलले पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे पत्रकार सम्मेलनमार्फत् आधिकारिक धारणा बिहीबार सार्वजनिक गर्ने भएका छन्। रावल पार्टीको टिकट वितरण प्रणालीबारे असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
उनले भोलि दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।
अछाम १ बाट सर्वसम्मत सिफारिस भए पनि त्यहाँ रावललाट टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई एमालेले टिकट दिएको छ। सर्वसम्मत रूपमा सिफारिस रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजक सहित ३७ जनाले सामुहिक राजीनामा दिएका थिए।
आफूले टिकट नपाएको र पार्टीभित्रको टिकट वितरण प्रणालीबारे उचित समयमा बोल्ने बताउँदै आएका रावलले आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।
प्रतिक्रिया