मोरङ । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका(२ बस्ने २९ वर्षीय रविन घिमिरे रहेका छन् ।
सोही महानगरपालिका(१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया