१६ मंसिर २०८०, शनिबार

महेन्द्र रायलाई सर्लाही-२ मा साझा उम्मेदवार बनाउने गठबन्धनको निर्णय



काठमाडौं । सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेका हुन् । सर्लाही २ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार बनेका छन् ।

चारदलीय गठबन्धन र लोसपाबीच मधेस प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सत्तारुढ गठबन्धनको यो निर्णयसँगै महतो संकटमा परेका छन् ।

यस्तै, सर्लाही २ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादव आधिकारिक उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ । गठबन्धनले आगामी निर्वाचनमा दलहरूबीचको सहमतिअनुरुप सम्बन्धित पार्टीको निर्देशन मानेर बागी उम्मेदवार फिर्ता लिएकोमा सबैलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : १० बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान