१९ मंसिर २०८०, मंगलबार

बैंकले ब्याज बढाउँदा धरासायी बन्दै व्यवसाय



चितवन । बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् ।

दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको व्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ । यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वध्यक्षसमेत रहेका घिमिरे बैंकले व्याज बढाउँदा त्यो हिसाबले व्यवसाय गर्नसक्ने अवस्था नरहेको बताउँछन् । उनले भने, “व्यापार गरेर कमाएर व्याज तिर्नसक्ने अवस्था अहिले छैन ।” व्यावसायिकरुपमा हेर्दा पर्यटन क्षेत्रमा बैंकले बढाएको व्याज दर सान्दर्भिक नभएको उनको भनाइ छ । राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको उनले बताए ।

सरकारले लगानीमा सहुलियत दिनुपर्ने उनको भनाइ छ । उनले थपे, “अहिले जिल्लामा रहेको पर्यटन व्यवसाय धरासाही हुने अवस्थामा छ ।” जिल्लामा पर्यटन व्यवसायमा रु १५ अर्बभन्दा बढी लगानी भएको उनले बताए ।

तीन वर्ष यता जिल्लाका सबै व्यवसाय धरासायी बन्दै गएको उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वध्यक्ष एवं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले बताए । कोभिड सुरु भएदेखियताको समय व्यावसायिक क्षेत्र नराम्रोसँग गिजोलिएको उनको भनाइ छ । पोल्ट्री क्षेत्रमा चितवन र नवलपुरमा मात्रै बैंकिङ क्षेत्रको लगानी रु १० देखि १२ अर्ब रहेको उहाँले बताए ।

उनले भने, “बैंकिङ क्षेत्रले व्याजदर वृद्धि गर्दा ८० प्रतिशत पोल्ट्री व्यवसायी बन्द हुने अवस्थामा पुगेको छ ।” पोल्ट्रीको राजधानीका रुपमा चिनिएको चितवनमा अहिले कतिपय व्यवसायीले जग्गा बिक्री गरेर बैंकको ऋण तिर्न बाध्य भएको उहाँले जानकारी दिए ।

राज्यकोतर्फबाट बैंक व्याजदर घटाउन पहल नहुने वा सहुलियतामा व्याज नदीने हो भने पोल्ट्री व्यवसाय मात्रै नभएर अन्य व्यवसायी पनि पलायन हुने अवस्था आउने भट्टराईले बताए । उनले भने, “बैंकले मात्रै कमाउने नीतिका साथ अघि बढ्दा अन्य व्यवसायी मारमा परेका छन् ।” राज्यले नीतिमा नै परिवर्तन गरेर व्यवसाय बचाउन लाग्नुपर्ने उनको भनाइ छ ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले व्याजदरका कारण व्यवसाय धरासाही बन्दै गएको बताए। बैंकको असहजताले असोजपछि कतिपय व्यवसाय बन्द हुने उनले बताए । उनले भने, “नियमनकारी निकायको उदाशिनताका कारण समस्या आएको हो ।” राष्ट्र बैंकले पहिलाको अवस्थामा व्याजदर ल्याउन नसके जिल्लाका ५० प्रतिशत व्यवसायी धरासायी बन्ने उनले बताए ।

उनले भने, “अहिले व्यवसायीलाई चिठ्ठी काट्ने, ताकेता गर्ने गर्दा व्यवसायी हतोत्साहित हुने गरेका छन् ।” उत्पादित वस्तुको मूल्यमा वृद्धि हुनु र उभपोक्ताको क्रयशक्ति कम हुनुलेसमेत यसमा असर देखिएको उनको भनाइ थियो । व्यावसायिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि राष्ट्रबैंकले ध्यान दिनुपर्ने उनले बताए ।

बैंकको व्याजदरका कारण पुराना व्यवसाय बन्द हुने र नयाँ व्यवसाय सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको उहाँले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंकले व्याज बढाउँदा हरेक क्षेत्रको मूल्यवृद्धि भएको बताए ।

व्याजदरले चालू पुँजी र लगानीको पुँजीमा समेत असर गरेकाले बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए।बैंकको व्याजदर वृद्धि हुँदा व्यवसाय बन्द हुने अवस्थामा मात्रै नपुगेर अर्थतन्त्रमा समेत प्रभाव पारेको उनको भनाइ छ ।

राज्यले बैंक नाफामा जानुपर्छ भन्ने नीति लिएका कारण सबै व्यावसायिक क्षेत्रमा नकारात्मक प्रभाव परेको उनले बताए । व्याजदर घटाउने विषयमा उद्योग वाणिज्य महासङ्घमार्फत सरकारसँग समन्वय गरिएको बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : १५ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ