१४ आश्विन २०८०, आइतबार

९० लाखमा बनेको ‘कोल्ड स्टोर’ उपयोग विहीन  



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोग विहीन भएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र उपयोग विहीन बनेको हो ।

उद्घाटन गरिएको ६ महिना बित्दा समेत कोल्ड स्टोरलाई निर्धारित लक्ष्यअनुसार सञ्चालनमा ल्याउन सकिएको छैन । ३० टन भार क्षमताको कोल्ड स्टोर २५ चैत २०७८ मा तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए । किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूललगायतका कृषि उपज भण्डारणका लागि बुईपाको पञ्चरदोबाटो नजिकै चिस्यान केन्द्र निर्माण गरिएको हो ।

सार्वजनिक २ रोपनी जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ । चिस्यान केन्द्र उद्घाटनका क्रममा किसानको तरकारी र फलफूल कुहिएर जाने समस्याको अन्त्य गर्न सघाउ पुग्ने भन्दै भाषण हुँदा किसानले हर्षले ताली पिटेका थिए तर हालसम्म उपयोगमा नआउँदा चिस्यान केन्द्रमा भएको सरकारी लगानी बालुवामा पानी झैं भइरहेको छ । जिल्लामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या छ ।

नगरपालिकाले कार्यविधि निर्माण नगरेका कारण चिस्यान केन्द्र हालसम्म सञ्चालनमा आउन नसकेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । नगरपालिकाको स्वामित्वमा रहेको चिस्यान केन्द्रको रेखदेख मात्र वडाको दायित्वभित्र पर्ने वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १० : २४ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम