१४ आश्विन २०८०, आइतबार

खानेपानीको हाहाकार हुने दैलेखको थापा गाउँमा पुग्यो पानी , स्थानीय हर्षित



सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ थापा गाउँमा खानेपानीको समस्या समाधान भएको छ । सोसेक नेपालको अगुवाइमा खानेपानी योजना निर्माण भएपछि थापा गाउँको खानेपानी समस्या समाधान भएको हो ।

हेल्भेटास नेपाल र एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा थापा गाउँमा खानेपानी सुविधा पुगेको हो ।

योजनाको कुल लागत २६ लाख १९ हजार ३ सय रुपैयाँ रहेको सोसेक नेपालका फिल्ड प्राविधिक जयबहादुर विष्टले जानकारी दिए । हालै निर्माण सम्पन्न थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाबाट गाउँका ३४ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । फिल्ड प्राविधिक विष्टका अनुसार ३४ घरधुरीका लागि घरैपिच्छे खानेपानीको धारा जडान भएको छ ।

योजना निर्माणसँगै थापा गाउँमा सरसफाइको विभिन्न गतिविधि समेत सञ्चालन भइरहेको छ । हरेक घरमा फोहोर फाल्ने खाडल र चाङ निर्माण गरिएको थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष गोविन्दबहादुर थापाले बताए । योजनाबाट लाभान्वित ३४ घरधुरीलाई फिल्टर समेत वितरण गरिएको अध्यक्ष थापाको भनाई छ ।

खानेपानी योजना निर्माण हुनुअघि थापा गाउँका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका थिए । योजनाका कोषाध्यक्ष समेत रहेकी रेखा थापाले योजना निर्माण सम्पन्न भएपछि खानेपानीको समस्या समाधान भएको बताइन् ।

‘योजना निर्माण हुनु अघि फोहोर पानी प्रयोग गनुपथ्र्यो, टाढा टाढाबाट खानेपानीको जोहो गर्नुपर्ने बाध्यता थियो, चैत्र वैशाखमा त खानेपानीको हाहाकार हुन्थ्यो, उनले भनिन् । एक घर एक धारा निर्माण भएपछि खानेपानीको सबै समस्या हटेर गएको उनले बताइन् । घरमै धारा जडान भएपछि व्यक्तिगत तथा घरायसी सरसफाइमा पनि सहज भएको थापाको भनाई छ ।

थापा गाउँ खानेपानी तथा सरसफाइ योजनाका सचिव सुरेन्द्रबहादुर थापाका अनुसार खानेपानी योजनालाई दिगो बनाउन सबै लाभान्वित उपभोक्ताहरू प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ५ : ४६ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम