१५ फाल्गुन २०८०, मंगलबार

प्रहरी र राष्ट्रिय अनुसन्धानमार्फत् उम्मेदवारको खर्च विवरण संकलन गरिने



काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो।

उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकाले सो व्यवस्था मिलाउन लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सूक्ष्म रूपमा अध्ययन तथा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७३ को दफा ४९ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ । नेपाल समाचार दैनिकबाट

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ०५ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.