१४ आश्विन २०८०, आइतबार

केपी ओलीले संविधानका उपलब्धि समाप्त पार्न खोजे : मन्त्री चौधरी



दाङ । दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन् ।

पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्धारा विहिबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘आज हामी विशेष परिस्थितिमा छौँ । सबै दल एक ठाउँमा आएका छौँ । नेपालको संबैधानिक सर्वोच्चता, कानुनी राज्य, समावेशी लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्न फेरि पनि एक हुनुपरेको छ । २००७ सालदेखि हामी पटक पटक एक ठाउँमा आएका छौँ । मिलेरै राष्ट्रिय चुनौतिहरुको सामना गरेका छौँ । आज फेरि प्रतिगामीहरुसँग केपी ओलीले साँठगाँठ गरेर संविधानले सुनिश्चित गरेका नयाँ उपलब्धिहरु समाप्त पार्न खोजिरहेका छन् ।’

देउखुरीका नेता परशुनारायण चौधरी, खुम बहादुर खड्का दुवैले कसैलाई पनि काखा पाखा नगरि काम गरेको स्मरण उनले गरे ।

‘समस्या राख्ने जोसुकैको काम गरिदिने उहाँहरुको अत्यन्त राम्रो बानी थियो । उहाँहरुले यो क्षेत्रलाई मात्र होइन सिंगो नेपाली कांग्रेसलाई यो स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । विकास, निर्माण र रोजगारीका क्षेत्रमा उहाँहरुको योगदान भुल्न सकिदैन,’ मन्त्री चौधरीले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री इन्द्रजीत थारु, माओवादी जिल्ला इन्चार्ज निर्मल गौतम, क्षेत्र नम्बर १ (ख‌)का उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे, एकीकृत समाजवादीका नेता रामप्रसाद गैरे लगायत गठबन्धनका नेताहरुले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : ५२ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम