१४ आश्विन २०८०, आइतबार

सौगात, आर्यन र वर्षाको ‘लाखे’ १८ कात्तिकमा 



काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रीक्षित फिल्म ‘लाखे’ पूर्वनिर्धारितभन्दा एक साता पर सरेको छ । फस्र्टलुक र ट्रेलरबाट चर्चा कमाएको फिल्म अब १८ कात्तिकमा दर्शकमाझ आउने छ ।

पहिला यो फिल्म ११ कात्तिकमा प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा अभिनेता द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत फिल्म ‘महापुरुष’ प्रदर्शन हुने भएकाले दिग्गजहरूको सम्मानमा आफूहरू एक सातापछि हटेको ‘लाखे’ टिमले जनाएको छ ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

पछिल्लो समय नेपाली फिल्मको ब्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा प्रतीक्षित दुइटा फिल्म प्रदर्शन गर्दा दर्शक बाँडिने तथा दुवै फिल्मलाई असर पर्ने देखेर आफूहरू एकसाता पछि गएको निर्माता डिपी भण्डारीले बताए । ‘सिनीयर दाइहरूको सम्मान तथा सन्तुलित ब्यवसायको पद्धति बसाल्न हामी एक सातापछि गएका हौं । यसले दुवै फिल्मलाई फाइदा गर्ने विश्वास हाम्रो छ,’ निर्देशक सम्राट भन्छन्, ‘ठूलो बजेटका फिल्म एक आपसमा जुध्दा अन्ततः दुवैलाई घाटा हुन्छ । त्यसमाथि केही समयको ग्यापपछि हाम्रो आदरणीय दाइहरूको फिल्म आउँदैछ । त्यसैले हामी एक साता पर जान कत्ति पनि हच्किएनौं ।’

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ३९ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम