१५ फाल्गुन २०८०, मंगलबार

चलचित्र ‘महापुरुष’को विर्तामोडबाट मोफसल टुर सुरु



काठमाडौं । प्रचारलाई आक्रामक बनाइरहेको चलचित्र ‘महापुरुष’ले विर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । विर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् ।

हजारौं दर्शकको उपस्थितिका बीच वानस्टप मलमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँलगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायिका रचना रिमालको समेत प्रस्तुति रहेको कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई भब्यता दिन स्थानीय कलाकारको समेत प्रस्तुति समावेश गरिएको थियो । कलाकारहरु अरुण र अञ्जनाले नृत्य प्रस्तुत गर्दा हरिवंश र रचनाले गीत प्रस्तुत गरेका थिए । गीत संगीत र नृत्यका माध्यमबाट दर्शकलाई झुमाउन सफल कलाकारहले चलचित्र राम्रो बनेको भन्दै हेरिदिन आग्रह समेत गरेका छन् ।

आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने चलचित्रले उक्त कार्यक्रमअघि बिर्तामोडमा पत्रकार सम्मेलनसमेत गरेको थियो । विभिन्न स्कुलमा पुगेर चलचित्रबारे जानकारी दएको निर्माण टिमले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्तरक्रियासमेत गरेको थियो ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रले मोफसलका विभिन्न सहरहरुमा पुगि प्रचारात्मक कार्यक्रम गर्ने तय छ । निर्माण टिमले हेटौंडा, नारायणगढ, बुटवल, पोखरालगायतका सहरमा कार्यक्रम गर्दैछ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ५० बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.