१९ फाल्गुन २०८०, शनिबार

अझै सञ्चलनमा आएन चौरजहारी विमानस्थल



सुर्खेत । जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन ।   विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो । देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो ।

आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यसै वर्षको दशैँतिहारमा सञ्चालन गरिने आशा गरेको  यस क्षेत्रका सर्वसाधारणले बताएका छन् । तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दशैँतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वासन दिइए पनि विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको स्थानीयको गुनासो छ ।

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो ।  विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम घटेको छ । पछिल्लो समयमा विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन् ।

विमानस्थलसँगै चौरजहारी मिसन अस्पतालबाट बाहिर ठुला अस्पतालमा सिफारिस गरिएका बिरामीलाई उपचारमा लिन समस्या हुँदै आएको छ । भेरी कोरिडोरको बीचमा पर्ने यो विमानस्थल सञ्चालनमा आए सबै भन्दा बढी बिरामीहरूले लाभ उठाउने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : ५४ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू