१४ फाल्गुन २०८०, सोमबार

सातै प्रदेशमा सत्ता गठबन्धनको संयुक्त भेला, शीर्ष नेता सहभागी हुने



काठमाडौं । सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।

बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेला गर्ने उक्त निर्णय गरेको हो।

कात्तिक ४ गते पोखरा र बुटवलमा गण्डकी र लुम्बिनी प्रदेशका भेला हुने छन् भने ५ गते विराटनगर र जनकपुरमा प्रदेश १ र मधेस प्रदेशका भेला हुनेछन्।

६ गते सुर्खेतमा कर्णाली प्रदेश र धनगढीमा सुदूरपश्चिम प्रदेशका भेला हुनेछन्। ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला हुनेछ।

ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन्। गण्डकी भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी) ले गर्नेछ भने लुम्बिनी, प्रदेश- १, मधेस र कर्णालीको समन्वय कांग्रेस र सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन्।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १ : ०६ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२