१७ मंसिर २०८०, आइतबार

मुख्यमन्त्री पाण्डेलाई कानुनी मस्यौदा हस्तान्तरण



काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष वाग्मती प्रदेश नीति तथा योजना आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा हस्तान्तरण गरिएको छ ।

उक्त आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गरेको मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन ऐन २०७९, प्रदेश आयोजना बैङ्क दिग्दर्शन ऐन २०७९ तथा संङ्गठनात्मक संरचना र जनशक्ति सम्वन्धी ऐन २०७९ रहेका छन् ।

उक्त मस्यौदा गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १ : ५५ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र