१६ मंसिर २०८०, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको दबदबा



कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी भएका छन् । हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, नौ रजत र १० काँस्यसहित २७ पदक जित्दै शीर्ष स्थानमा छ ।

दोश्रो भएको बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र दुई काँस्यसहित १० पदक जितेको छ । एपिएफले चार स्वर्ण, पाँ रजत र नौ काँस्यसहित १८ पदक जितेको छ भने नेपाल पुलिस क्लबले दुई स्वर्ण, एक रजत र दुई काँस्यसहित पाँच पदक पाएको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएको छ । गण्डकीले हालसम्म स्वर्ण र रजत पदक पाउन सकेको छैन । पाँच वटा काँस्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ । पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले एक स्वर्ण र तीन काँस्यसहित चार पदक र लुम्बिनीले दुई रजत पदक पाएको छ ।

प्रदेश १ ले तीन कास्य मात्रै जितेको छ । कर्णाली, मधेश र एनआरएनए हालसम्म पदकविहिन छन् । हालसम्म २० इभेन्टका खेल सकिएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ५८ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान