२२ मंसिर २०८०, शुक्रबार

चुनावी अभियानमा जुट्न गाउँ पसे दलहरू



वीरेन्द्रनगर । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि सुर्खेतका राजनीतिक दलहरू गाउँ केन्द्रीत कार्यक्रममा जुटेका छन् । यतिबेला पार्टीका नेता तथा कार्यकर्ता उम्मेदवारसहित चुनावी अभियानमा हिँडेका छन् । चुनाव आफ्नो पक्षमा पार्नका लागि दलका उम्मेदवार तथा कार्यकर्ताहरु विभिन्न चुनावी कार्यक्रममा जुटेका छन् ।

प्रदेशमा नेपालीकांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भएको छ भने नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लै मैदानमा उत्रिएका छन् । यतिबेला दलहरू गाउँदेखि प्रदेशस्तरीय कार्यक्रमका लागि गाउँ केन्द्रीत हुन थालेका हुन् । दलहरूले प्रशिक्षणदेखि भेलासम्मका कार्यक्रमहरू गर्ने तय गरेका छन् ।

अहिले गाउँ केन्द्रीत कार्यक्रमलाई जोड दिइएको नेपाली कांग्रेस गुर्भाकोटका सहसचिव रुपक पौडेलले जानकारी दिए । “गठबन्धनका उम्मेदवारहरूलाई जिताउन गाउँ तथा टोल केन्द्रीत कार्यक्रमको आयोजना गरिएको छ”, उनले भने, “अहिले हामीले टोलटोलमा भेला र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै आएका छौँ ।

यसैबीच सत्तारूढ गठबन्धनले कात्तिक ६ गते सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त भेला गर्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने गरेको निर्णयअनुसार सुर्खेतमा कात्तिक ६ गते कार्यक्रम गर्ने भएको हो ।

त्यसैगरी एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रीत गरेर प्रचार भेला आजदेखि शुरु गर्दैछ । एमाले कर्णाली प्रदेशको प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीद्वारा आयोजना हुने भेलामा विभागका सदस्य तथा चौतारीका जिल्ला अध्यक्ष, प्रदेश कमिटी सदस्य र कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने बताइएको छ ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचन केन्द्रीत प्रचारका कामलाई व्यवस्थित र आक्रमकरूपमा सञ्चालन गर्नका लागि प्रचार तथा प्रकाशन विभागसँगको समन्वयमा भेलाको आयोजना गरिएको प्रेस चौतारी कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : १२ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले