१५ आश्विन २०८०, सोमबार

वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड



कठमाडौं । प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोगमा जोड दिइएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् ।

भक्तपुरको ख्व्प कलेजमा वातावरण विज्ञान विषयका प्राध्यापकसमेत रहेका इन्जिनियर दुवालले प्राकृतिक विनाश हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यही कारण प्रकृतिलाई जीवन्त बनाइराख्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको जोड थियो ।

भौतिक संरचनाको निर्माणमा प्रयोग हुने परम्परागत निर्माण सामाग्रीहरू जस्तै इँटा, बालुवा, झ्याल ढोकालगायतका निर्माण सामग्री प्रकृतिको दोहनबाटै बन्ने गरेको उनले बताए । माटोबाट इँटा, खानीबाट बालुवा अनि रुखविरुवा काटेर बनेका काठबाट झ्याल ढोका बन्ने भएकाले वातावरण विनाश नगरी बनेका निर्माण सामाग्रीहरूको उपभोग गर्नुपर्नेमा उनको जोड थियो ।
‘हिजोआज यी निर्माण सामाग्रीको विकल्पका रूपमा विभिन्न आधुनिक निर्माण सामग्री पनि बजारमा आइरहेका छन् । यीमध्ये इको प्यानल पनि एक हो’, नेपाल इको प्यानलका सिइओसमेत रहेको इन्जिनियर दुवाल भन्छन्, ‘जे भए पनि प्राकृतिक विनाशलाई रोक्नमा सबैले सहयोग गरौं भन्ने लाग्छ । इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।’ इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ३२ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि