पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी सहारा खतिवडालाई डेंगु संक्रमण देखिएको हो ।शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो ।
चेकजाँचका क्रममा उनलाई डेंगु पुष्टी भएको टीम कोच राजन नेपालीले जानकारी दिए ।उनका अनुसार डेंगी पोजेटिभ देखिएपछि अरू खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छन् ।
यस अगाडीको खेलमा उनी सम्मिलित टिम गण्डकी प्रदेशले झापा र लुम्बिनीलाई हराउँदै दुई खेल जितेको छ । संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छन् ।
प्रतिक्रिया