२३ मंसिर २०८०, शनिबार

ट्याक्सी र मोटरसाइकल ठक्कर खाँंदा एकजनाको मृत्यु



भक्तपुर । भक्तपुरको पुरानो थिमी बाहाखा बजार भीमसेन चोकमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष ३१ का दिपेन्द्र पण्डित गम्भीर घाइते भई उपचारका लागि कोरियन अस्पताल थिमी पठाइएको थियो । प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको निधन भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिई गई अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्याक्सी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका(१० बस्ने वर्ष ३९ का सुन्दर गोर्खाली वृत ठिमीको नियन्त्रणमा रहेको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : ०५ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले