१५ फाल्गुन २०८०, मंगलबार

शहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मन्त्री चौधरीले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले उनीसँग निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनेर पुस्ट्याइँ गर्ने आधार के छ भनेर प्रश्न सोधेको छ ।

आचारसंहिताको दफा छ मा आयोगको पूर्व स्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ । त्यस व्यवस्था बमोजिम आयोगको कुनै पूर्वसहमत प्राप्त गरेको छ छैन रु भनेर पनि प्रश्न गरिएको छ ।

सहमति बेगर चामल वितरण गरिएको भए सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश भएको छ ? भन्ने प्रष्ट पार्न पनि आयोगले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरणको काम गर्न सके पनि किन मन्त्रीकै उपस्थितिमा वितरण गर्न जानुपर्ने बाध्यता थियो वा थिएन भन्ने पनि प्रश्न सोधिएको छ । उनलाई आयोगले किन जरिवाना गर्नु नपर्ने भनेर समेत प्रश्न गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : ४८ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.