१९ फाल्गुन २०८०, शनिबार

बंगलादेशमा दुई रोहिंग्या नेताको हत्या



ढाका । बंलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीले जनाएको छ ।

करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो । हालैका महिनाहरूमा शरणार्थी  बसोबास गर्ने बस्तीमा हिंसा बढेको छ ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिंग्या शिविरका नेताको हत्या भएको पुष्टि गरे । पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिंग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको  प्रहरीले जनाएको छ ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिंग्या शरणार्थीलाई बंगलोशमा  विभिन्न शिविरमा राखिएको छ । उनीहरू स्वच्छ पिउने पानी, औषधि उपचार जस्ता अत्यावश्यक बस्तुको आपूर्तिबाट वञ्चित छन् । एजेन्सी

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ८ : ३९ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू