१७ मंसिर २०८०, आइतबार

एकै पसलबाट ४ पटक चोरी, प्रहरीको बेवास्ता 



अत्तरिया । झण्डै २ वर्ष अघि श्याम विश्वकर्माले सञ्चालन गरेको मोबाइल पसलबाट ८ वटा मोबाइल चोरी भए । उनले सुरुमा त्यति वास्ता गरेनन् । तर, चोरीका मोबाइल एक होटेलमा बसेर भाग लगाउँदै गरेको सूचना श्यामले थाहा पाए र, उनीहरूलाई पक्रिन सफल भए ।

चोरीमा संलग्न ४ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा लगियो । त्यहाँ दुवै पक्षबीच मिलापत्र गरेर घटना सामसुम पारियो । पसल धनीले क्षतिपूर्ति पाए । ८ वर्षदेखि अत्तरियाको महेन्द्रनगर रोडमा नमूना मोबाइल पसल सञ्चालन गरिरहेका श्यामको पसलमा त्यसको डेढ वर्ष छि अर्थात् २०७८ पुस १९ गते पुनः पसल फुटाएर चोरी भयो ।

दोस्रो पटक भएको चोरीमा उनको मोबाइल पसलमा भएका २१ मोबाइल चोरले लग्यो । उनी निकै आत्तिए । प्रहरीमा पनि उजुरी गरे । प्रहरीमा उजुरी गरेपनि उनले ती मोबाइल बिक्री गर्ने क्रममा पाएको सूचनाका आधारमा चोरीमा सहभागी ५ जनालाई प्रहरीलाई पक्रिन सफल भयो।

दोस्रो पटक भएको चोरीमा भने इलाका प्रहरी कार्यालयले अदालतमै पठायो । ‘चोरिएका १० मोबाइलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले अदालतमा पठायो’ उनले भने ‘तर, अदालतबाट अहिलेसम्म फैसला हुन सकेको छैन । चोरी आरोपितलाई धरौटीमा छोडिसकिएको छ ।’ उनले अदालतमा वकिलसँग बुझ्दा समय लाग्छ फैसला हुन्छ भन्ने जवाफ पाउने गरेको बताए ।

एकातिर चोरी हुँदा व्यवसायमा भएको नोक्सान र, अर्कोतिर अदालतको चक्कर काट्दा निराश भएका श्यामलाई यस वर्षको दशैंकै दिन अर्को बज्रपात आइलाग्यो । असोज १९ गते दशैं मनाएर दोस्रो बिहान बिहान पसल खोल्दा उनले पुनः पसलमा चोरी भएको भेट्टाए ।

‘पसलमा राखिएका ९ वटा मोबाइल, १० हजारका रिचार्ज कार्ड, पेन ड्राइभ र केही रकम चोरी भएको थियो’ उनले भने ‘पसलको छतबाट फुटाएर चोरी गरिएको छ । प्रहरीमा निवेदन दिए पनि चोरहरू अहिले सम्म पत्ता लागेका छैनन् ।’

उनले दशैंको दिन भएको चोरीको बारेमा कुनै पत्ता लाग्न नपाउँदै पुनः अर्को चोरी भएको बताए । उनले असोज २८ गते राती पुनः पसलबाट ४ वटा मोबाइल र ८ हजार जतिको रिचार्ज कार्ड चोरी भएको बताए ।

प्रहरीको बेवास्ता

पसलका सञ्चालक श्यामले असोज २८ गते चोरी हुँदा २ वटा मोबाइलका आईएमई नम्बर प्याकिङबाट मोबाइल निकाल्दा चोरले पसलमै छोडेको बताए । ‘चोरी भएका २ वटा मोबाइलका आइएमई नम्बर पसलमै छन् । मैले ती नम्बर पनि प्रहरीलाई दिएको छु । रिचार्ज नम्बरको अगाडी पछाडिको सिरियल नम्बर पनि प्रहरीलाई दिएको छु’ उनले भने ‘यती प्रमाण दिँदा पनि प्रहरीले अहिलेसम्म चोर पत्ता लगाउन कुनै पहल गरेको देखिएन ।’

उनले श्रृंखलाबद्ध रूपमा आफ्नो पसलमा चोरी हुन थालेपछि व्यवसायबाटै पलायन हुने अवस्था आएको बताए । ‘लगातार पसलमा चोरी भइरहेको छ । तर, सुरु र दोस्रो पटक चोरी भएको बाहेक पछिल्लो पटक भएको चोरीको बारेमा केही पत्तो लागेको छैन’ उनले भने ‘दुवै पटक चोरी भएको रिपोर्ट प्रहरीमा गरेको छु । प्रहरी आए, हामी पत्ता लगाउँछौ भनेर गए ।’

उनले चोर पक्राउ गर्न प्रहरीले बेवास्ता गरेको बताए । उनले भने ‘प्रहरीलाई सहज होस भनेर चोरी भएका आइएई नम्बर दिएको छु । रिचार्ज नम्बरका सिरियल नम्बर दिएको छु । त्यसले त सजिलै पत्ता लाग्नुपर्ने हो ।’ उनले चोरले पसलको छानोमा चढेर, टिन निकालेर पसलमा छिर्ने गरेको बताए ।

प्रहरी भन्छ – ‘सुरक्षा व्यवस्था कडा पारिएको छ’

उता इलाका प्रहरी कार्यालय मालाखेतीले भने घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडी बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रवीन्द्र राज पाण्डेले आइएमई नम्बर हेर्नको लागि अदालतबाट अनुमति लिएको बताए ।

‘उक्त मोबाइलमा कसैले सिम कार्ड हाल्यो भने हेर्नको लागि अदालतबाट अनुमति मागेका छौ । अनुमति आयो भने हामीले नेपाल टेलिकमलाई पत्राचार गर्छौ’ उनले भने ‘चोरी भएको रिचार्ज कार्डको बारेमा पनि अनुसन्धान भइरहेको छ ।’

उनले चाडपर्वमा बढ्न सक्ने चोरीका घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए । ‘अहिले अत्तरिया बजारमा प्रहरीको ड्युटी बढाएका छौ । चोकमा पनि प्रहरी राखेका छौ । मोबाइल गाडी पनि २४ घण्टा बाहिरै हुन्छ । बसपार्कमा पनि प्रहरीको ड्युटी राखेका छै ।

पैदल गस्ती पनि निकालेका छौँ । सादा पोसाकका प्रहरी पनि परिचालन गरिएका छन्,’ उनले भने ‘त्यै पनि यस्ता एकाध घटना घटेका छन् । त्यस्ता घटना रोक्नका लागि लागिपरेका छौ ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ९ : १९ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र