अत्तरिया। एमाले सचिव लेखराज भट्टले सुदूरपश्चिमको राजधानी तोकिएको गोदावरीलाई लेखराजको राजधानी भनेर मुख्यमन्त्री त्रिलोचन भट्टले नबनाएको आरोप लगाएका छन् ।
सोमबार अत्तरियामा कैलाली क्षेत्र नम्बर ४ निर्वाचन परिचालन समितिको सचिवालय तथा सम्पर्क कार्यालयको उद्घाटन सभामा बोल्दै भट्टले सो आरोप लगाएका हुन ।
‘पछिल्लो चरणमा हाम्रो मुख्यमन्त्री त्रिलोचन भट्टले यो त लेखराजको राजधानी हो किन बनाउने भन्या छ । अहिले वहाँहरुनै गठबन्धनमा हुनुहुन्छ कहाँ बन्यो राजधानी । यी कुरालाई जनताक बिचमा लैजान जरुरी छ’ कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका भट्टले भने ‘यो राजधानी कुनै लेखराजको निम्ति, अत्तरियाको निम्ति होइन । यो सुदूरपश्चिमको उपयुक्त भूगोलको आधारमा तोकिएको हो ।’
उनले राजधानी हिजो डोटी लैजाने भन्नेहरूले अहिले ६ महिनामा म बनाउँछु भन्यो भने यो विश्वास गर्ने कुरा हो भनेर प्रश्न गरे ? ‘आज हाम्रो प्रतिपक्षी उम्मेदवारले राजधानी डोटी लग्ने भनेको कुरा सबैले बुझेका छन्, देखेका छन्, सुनेका छन्’ उनले भने ‘वहाँ त अहिलेको प्रविधिमा देखिनु भएको छ । पहिलेको जस्तो मेरो स्वर होइन भन्न मिलेन । अहिले भिडियोमा मान्छेको अनुहार सहित आवाज आएको छ ।’ उनले चुनावपछि एमाले सरकार आएमा राजधानी गोदावरीमा बन्ने दाबी गरे ।
गेटामा मेडिकल विश्वविद्यालय बन्छ
एमाले सचिव भट्टले एमाले सरकार आएमा मात्रै गेटामा मेडिकल विश्वविद्यालय बन्ने दाबी गरे । ‘म गेटा मेडिकल कलेजलाई नेपालको पहिलो मेडिकल विश्वविद्यालय बनाउनु मेरो यो प्रतिबद्धता छ भनेर केपी ओली ज्युले बोल्नुभाथ्यो त्यो मेरै पहलमा भएको हो’ उनले भने ‘तर आज मेडिकल कलेज नै डडेलधुरा सार्ने काम भइरहेको छ ।’
उनले एमाले सरकारमा आए गेटामा मेडिकल विश्वविद्यालय बनाएर छोड्ने बताए । उनले भने ‘यसलाई विश्वविद्यालय बनाउने कुरा एमालेको सरकार आएमा मात्रै सम्भव छ । भोलि हाम्रो एमालेको सरकार आयो भने गेटामा मेडिकल विश्वविद्यालय बन्छ ।’
प्रतिक्रिया