१४ फाल्गुन २०८०, सोमबार

प्रकाशमान सिंहले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रममा नेता सिंहले नेपालको राजनीतिमा काठमाडौं १ ले प्रत्यक्ष र परोक्ष महत्त्व राख्ने गरेको बताउँदै यहाँका मतदाता सचेत र जागरुग रहेको बताए । उनले फेरि पनि किन प्रकाशमान र ? भन्ने बुँदा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पनि जनाएका छन् । यस्तो छ उनको चुनावी प्रतिबद्धता पत्रको एउटा अंशः

किन फेरि प्रकाशमान र ?

मैले एमालेको लालकिल्लालाइ कांग्रेसको किल्ला बनाएको हो । ०६४ पछि ह्याट्रिक गरिसकेको छु। मैले जनताको म्यान्डेटलाई इमानदारपूर्वक गरेको छु। विकासका काममा पनि मैले सक्जनेजति गिररहेकै छु। यसैले यहाँका जनताले मलाई विश्वास गरिरहेका छन्। जसले यस क्षेत्रमा मेरो सामिप्यता बढ्दै गएको विगतको निर्वाचनले देखाएको छ। संविधान बनाउने देखि बनाउने र कार्यान्वयनमा जनताले मलाई म्यान्डेट दिएका छन्। संविधान कार्यान्वयन गर्ने मिसनका लागि फ्रेस म्यान्डेटसहित कांग्रेस नेतृत्वको सरकार गठबन्धनकै तर्फबाट मेरो उम्मेदवारी हो । संविधानको भावना र मर्मअनुसार कतिपय कानुन निर्माण गरेर प्रदेश तहलाई अधिकार दिएर सिंहदरबारको काम वडा वडासम्म पुर्याउने नारालाई सार्थकता दिनेछौँ।

काठमाडौ १ मा हामी निर्वाचित भएपछि नेपालको शिक्षा नीति परिवर्तन गरेर शिक्षा सँगसँगै प्रविधिबारे तालिम दिएर उच्च शिक्षा सँगसँगै रोजगार बन्ने अबस्था बनाउनेछन्। हामी काठमाडौका सामुदायिक विधालयको गुणस्तर निजी विधालय बराबर बनाउने प्रयत्न गर्नेछौ। स्वास्थमा अस्पताल नै जान नपर्ने गरेर महानगरसँग मिलेर हरेक वडा कार्यालयमा ल्याव र डाक्टर सहितको क्लिनिक राख्नेछौँ तर, त्यसका लागि हामीलाई म्यान्डेट दिनुपर्यो।

बेरोजगारलाई रोजगार बनाउन धेरै आयाम हेर्नुपर्छ, यसका लागि आवश्यक अर्थसँग सम्बन्धित कानुन संसोधन गर्न पहल गर्नेछौ। छाता ऐनहरु बनाउन र खानेपानी समस्या समाधान गर्न मेलम्चीको विकल्प आवश्यक छ। त्यसका लागि गोकर्णेश्वर ड्याम तयार भएको छ।यसबाहेक नागमति ड्याम बनाउने योजना अघि बढेको छ, यसलाई पूरा गर्नेछौ। यश क्षेत्रमा राष्ट्रिय राजनीति विचारले चल्ने हो ।केन्द्रको प्रभाव र क्षेत्रमा विकासको नारासाथ हामी मैदानमा छौँ हामीलाई म्यान्डेट दिनुहोस् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ३ : ३८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२