१४ आश्विन २०८०, आइतबार

नवौं राष्ट्रिय खेलकुद : आज एथलेटिक्सतर्फ पाँच स्वर्ण पदकको निर्णय



पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार एथलेटिक्सका पाँच स्वर्ण पदक निर्णय भएको छ । जसमा नेपाली सेनाले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले १–१ स्वर्ण पदक हात पारेका छन् ।

पोखरा रंगशालामा सोमबार भएको महिला एक सय मिटर हर्डल्समा सेनाकी जयरानी थारुले स्वर्ण पदक प्राप्त गरिन् । हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भगिरतीकुमारी थारुले १९.१३ सेकेन्डको समयमा पूरा गरेर काँस्य पदक जितिन् । एक सय १० मिटर हर्डल्समा चौधरीले स्वर्ण पदक पाइन् ।

यसैगरी, एक सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए । चौधरीले निर्धारित दुरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका रामप्रसाद थारुले १६.०० सेकेन्डको समयमा पूरा गरी काँस्य पदक जिते।

डिस्कस थ्रो : ओली र अधिकारी विजेता

एथलेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दुरी फ्याल्दै स्वर्ण पदक हात पारे । नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर काँस्य पदक जिते ।

महिलातर्फ लुम्बिनी प्रदेशकी संगीता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन् । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने नेपाली सेनाकी मिलन बुढामगरले ३२.३५ मिटर फालेर काँस्य पदक प्राप्त गरिन् ।

तीन हजार मिटर स्टिपल चेज : दुर्गबहादुरलाई कीर्तिमानसहित स्वर्ण

कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले पुरुष तीन हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जितेका छन् । उनले निर्धारित दुरी आठ मिनेट ५५:१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले ८ मिनेट ५७:३० सेकेन्डको कीर्तिमान बनाएका थिए । सो स्पर्धामा एपिएफका अजितकुमार यादवले ९ मिनेट २१ः१० सेकेन्डमा दुरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की ९ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै काँस्य जिते ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ०८ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम