काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ बिन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकमसमेत घटेको हो । आइतबार ८० करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये छ उपसमूहको परिसूचक बढेको छ । बाँकी सात उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको हो ।
सोमबार नेप्से परिसूचक घटे पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै आइतबारबाट कारोबारमा आएको पिपुल्स पावर कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत घटेको छ । आज नबिल बैंकले दुई करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको दुई करोड ६१ लाखको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया