१४ आश्विन २०८०, आइतबार

नवौं राष्ट्रिय खेलकुद : उपाधि दाबेदार बागमती बाहिरियो, एपीएफ सेमिफाइनलमा



काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोलको नतिजामा पराजित गर्‍यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको छ ।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्‍यो । पहिलो हाफको इञ्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए

दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको एपीएफले ६५औं मिनेटमा प्रदीप लामाको गोलबाट खेलमा बराबरी गरेको थियो । त्यसको ११ मिनेटपछि नवीन लामाले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा नवीनले गरेको व्यक्तिगत दोस्रो गोलसँगै एपीएफले ३–१ को जित सुनिश्चित गर्‍यो ।

यस अघि नेपाल पुलिसलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ४१ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास