काठमाडौं । प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नम्बर-२ मा कांग्रेसबाट गठबन्धनविरूद्ध बागी उठेका कांग्रेस नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
भुसालले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । उनले गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादी का उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् ।
यससँगै निर्वाचनमा गुल्मी-२ मा रामकुमारी झाँक्रीको पल्ला भारी पर्ने देखिएको छ । गठबन्धनको साझा उम्मेदवार रहेकी झाँक्रीलाई गुल्मी-२ मा जनसमर्थन बलियो बन्दा उनी एमाले सचिव गोकर्णराज विष्टमाथि भारी पर्नेछन् ।
प्रतिक्रिया