५ आश्विन २०८०, शुक्रबार

गुल्मी-२ बाट बागी उम्मेदवारी निष्क्रिय पारेका भुसाललाई रामकुमारी झाँक्रीद्वारा आभार व्यक्त



काठमाडौं ।  सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा गुल्मी क्षेत्र नम्बर-२ की उम्मेदवार रामकुमारी झाँक्रीले बागी उम्मेदवारी दिएका कांग्रेस नेता डा। दामोदर भुसाललाई उम्मेदवारी निष्क्रिय गरेकोमा आभार व्यक्त गरेकी छन् ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव समेत रहेकी झाँक्रीले मंगलबार सामाजिक सञ्जालमार्फत डा। भुसाललाई गठबन्धनका सबै नेतालाई धन्यवाद दिएकी हुन् ।

‘उहाँ टिकट लिन योग्य मान्छे हो । नेपाली कांग्रेस भित्रको बौद्धिक व्यक्तित्व हो। आज हामी सँगै यात्रामा छौँ । आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर गठबन्धनको उम्मेदवारलाई जिताई आजको समयको आवश्यक पुरा गर्ने अभियानमा हुनुहुन्छ । आदारणीय सुरेश भुसाल दाजुसहित सबै नेताहरूप्रति आभार व्यक्त गर्दछु । हामी सँगै छौ आज पनि’, उनले भनेकी छन् ।

डा. भुसाल र आफूले विद्यार्थी राजनीतिक सँगसँगै गरेको स्मरण गर्दै काठमाडौंका सडकमा सँगसँगै जुत्ताका तलुवा फटाएको र विद्रोहको झण्डासँगै उठाएको सम्झना ताजा रहेको उल्लेख गरेकी छन् । भुसालले सोमबार गठबन्धनकी साझा उम्मेदवारलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका थिए ।

यससँगै निर्वाचनमा गुल्मी-२ मा रामकुमारी झाँक्रीको जित पक्का भएको अड्क शुरू भएको छ । गठबन्धनको साझा उम्मेदवार रहेकी झाँक्रीलाई गुल्मी-२ मा जनसमर्थन बलियो बन्दै गएको हो ।

 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ०२ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।