काठमाडौं । महालक्ष्मी विकास बैंकले लकर सुविधामा आकर्षक योजना ल्याएको छ। ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले २८ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
यही क्रममा बैंकले विशेष महाबचत खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुट योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत कार्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकले लकर सेवाको वार्षिक शुल्क प्रथम वर्षमा शतप्रतिशत छुट प्राप्त गर्ने छन् ।
बैंकको दरबारमार्ग, पुतलीसडक, न्यूरोड काठमाडौँ, भैरहवा र न्यूरोड पोखरा शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।
उक्त योजनाअन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरूमध्ये कै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैंकङलगायतका अन्य सुविधाहरू रहेका छन् ।
प्रतिक्रिया