१६ मंसिर २०८०, शनिबार

माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू गुम्न सक्ने बताएका छन् ।

आफ्नै निवास खुमलटारमा प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले त्यस्तो बताएका हुन् । ‘हामी माओवादी बलियो हुँदा परिवर्तन रक्षा हुन्छ, कमजोर भए सबै चिज उल्टने खतरा छ,’ प्रचण्डले भने ।

केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वलाई घेराबन्दी गरेर सवै उपलब्धी उल्टाउने खेलमा लागेकोले त्यसका विरुद्ध सचेत रहनुपर्ने उनको भनाई थियो । प्रचण्डले अव हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको पनि बताए।

अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ नै अव हुने चुनाव भएको प्रचण्डले बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘मंसिर ४ गते दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदैछ । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन् । हामीले सामान्य निर्वाचनको रुपमा लिनु हुँदैन । त्यो छुट हामीलाई छैन ।’

 

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ०५ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान