१९ मंसिर २०८०, मंगलबार

सत्यमोहन जोशीको जन्मकुण्डली अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न पहल



काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार (३० असोज) मा निधन भएको थियो ।

जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्राहलयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी दिए ।

जोशीको जन्मपत्रिकामा निर्माण भएका योगहरुको विषयमा विश्वविद्यालय तथा विद्वान् ज्योतिषीहरुसँग बसेर संयुक्तरूपमा अध्ययन गरिने रिजालले बताए । यसले आगामी पुस्तालाई ग्रहहरुले पार्ने प्रभावका बारेमा कुण्डली फलादेश गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

संघीय सरकार तथा ललितपुर महानगरपालिका सँगको सहकार्यमा अध्ययनलाई अगाडि बढाउने योजना रहेको छ । विशिष्ट व्यक्तिहरुको जन्मकुण्डली अध्ययन गर्नेगरेका ज्योतिषी रिजालका अनुसार कति प्रकारका राजयोग तथा १०३ वर्षे आयूका बारेमा विशेष अध्ययन गरिनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ०३ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ