२३ मंसिर २०८०, शनिबार

नेकपा एकीकृत समाजवादीकाे निर्वाचन परिचालन कमिटी गठन, माधव नेपाल अध्यक्ष



काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २५०१ जनाको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालयसहित अध्यक्ष नेपालको नेतृत्वमा उक्त संख्याको निर्वाचन परिचालन समिति गठन गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्यहरु र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु एवं जनवर्गीय संगठनका पदाधिकारीहरु रहनेछन् ।

सचिवालयले निर्वाचन परिचालन तथा व्यवस्थापनका सम्बन्धमा तत्काल आवश्यक निर्णयहरु गर्ने तथा तत्तसम्बन्धमा सम्पादन गर्नुपर्ने कार्यहरु गर्ने छ । भुसाल नेतृत्वको निर्वाचन परिचालन केन्द्रीय सचिवालयमा नेताहरु गंगालाल तुलाधर, डा।बिजय पौडेल, विश्वनाथ प्याकुरेल,सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल , घनप्रसाद गौतम, मोहन गौतम, रमेशरञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, डा।विशाल भण्डारी सुदेश पराजुली र नितेश पौडेल रहेका छन् ।

आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभातर्फ १९ जना उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ४६ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले