१४ आश्विन २०८०, आइतबार

सर्लाहीमा सहकारी संस्थाका प्रमुखमाथि गोली प्रहार



सर्लाही । सर्लाहीको मिलन चोकस्थित एक सहकारी संस्थाका प्रमुखमाथि लुटेरा समूहले दिनदहाडै गोली प्रहार गरेको छ । रकम लुट्ने प्रयास गरेको लुटेरा समूहले सहकारीका प्रमुखमाथि तीन राउन्ड गोली प्रहार गरेको हो ।

बागमती नगरपालिका–१ मिलन चोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्रमा बुधबार बिहान साढे १० बजे लुटेरा समूहले गोली चलाएको थियो । भारतीय नम्बरको मोटरसाइकलमा तीन जनाको समूहमा आएको लुटेराले सेवा केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीलाई रकम राखिएको झोला दिन धाकधम्की दिएका थिए । त्यस क्रममा कार्कीले प्रतिकार गर्दा लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ ।

कार्की हरिवन बजारमा रहेको मुख्य कार्यालयबाट झोलामा पैसा बोकेर सेवा केन्द्र पुगेका थिए । लुटेराको समूह पुग्नुभन्दा अगावै उनले सो रकम लकरभित्र राखिसकेकाले लुटपाट हुनबाट जोगिएको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थाल्नुका साथै लुटेराहरूको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ५२ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम