५ आश्विन २०८०, शुक्रबार

रेमिट्यान्सको सदुपयोगका लागि वित्तीय साक्षरता कक्षा सुरु



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ ।

विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेरगराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो ।

नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत वैदेशिक रोजगारीमा संलग्न परिवारका महिला सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा सुरु गरेको हो ।

२१ हप्तासम्म सञ्चालन हुने वित्तीय साक्षरता कक्षामा २० देखि २५ जनाको चार वटा समूह सहभागी छन् । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्सको सदुपयोग एवं व्यवस्थापन गर्दै उद्यमशीलता विकास, आय–आर्जनमा वृद्धि, व्यावसायिकता सँगै अन्य आर्थिक र व्यवहारिक विषयवस्तुमा छलफल भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए ।

कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा पर्ने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिने व्यवस्था मिलाइएको छ ।

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकामा पनि वित्तीय साक्षरता कक्षा सञ्चालन हुँदैछ । हलेसी तुवाचुङ नगरपालिकामा दसैँअघिदेखि र केपिलासगढी गाउँपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालनको अन्तिम तयारी भएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।

सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्विस सरकार र नेपाल सरकारको संयुक्त कार्यक्रम हो । परियोजनाले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ३२ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।