१४ आश्विन २०८०, आइतबार

एनआरएनएले गर्‍यो स्वर्णधारी दुई खेलाडीलाई सम्मान



काठमाडौं । गैरआवासीय नेपाली संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशीष सापकोटा डंगोललाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम गरी स‌ंघले खेलाडीद्वयलाई सम्मान गरेको हो ।

संघको सचिवालयले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा।बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले उनीहरूलाई सम्मान गरेका हुन् । साथै उनीहरूका आमा र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक जितेका छन् । स्वर्णधारी खेलाडीद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरे ।

संघका अध्यक्ष केसीले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागी गराई नेपालको खेलकुद प्रवर्द्धन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : १७ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि