१७ मंसिर २०८०, आइतबार

‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा मास्टर क्लास दिने



काठमाडौं । ‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टर क्लास दिने भएका छन् । सुजितले ११औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्म मेकिङसम्बन्धी क्लास दिने भएका हुन् ।

नेपाल युरोपियन फिल्म फेस्टिभलको ११ औँ संस्करण योपटक काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा पाँच युरोपियन र तीनवटा नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने तीन नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव १९/२२ कात्तिकसम्म चल्नेछ ।

मास्टर क्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले महोत्सवको अन्तिम दिन फिल्म मेकिङसम्बन्धी आफ्नो ज्ञान बाँड्ने छन् । सुजितले २२ कात्तिकमा पहिलो प्रहरमै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रूपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रूपान्तरण गर्ने प्रक्रियाबारे आफ्नो अनुभव बाँड्नेछु,’ उनले भने ।

अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टर क्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तक्र्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू स्वयं निर्देशित ‘सावित्री’ सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए ।

नेपाल युरोपियन फिल्म महोत्सवको ११औँ संस्करण काठमाडौँमा भौतिक रुपमा ११ देखि १५ कात्तिकसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ । अनलाइनमा २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म हेर्न पाइनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : ४६ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र