१५ फाल्गुन २०८०, मंगलबार

शुक्रबारबाट प्रदर्शनमा आउने ‘के घर के डेरा’ लाई उच्च शो



काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ भोलि शुक्रबारबाट नेपालभर रिलिज हुँदैछ । फिल्मका लागि बुधबारबाट मल्टिप्लेक्सले बुकिङ खुला गरेका छन् । फिल्मले मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शोज दिएको छ । यस्तै, वान सिनेमाजले ६, रञ्जना सिनेप्लेक्सले चार, बिग मुभिजले तीन, आईएनआई सिनेमाजले ६, बिएसआर मुभिजले तीन, एफक्युबले तीन शो दिएको छ ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपीन कार्की, वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, कोसिस क्षेत्री, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, आयुषा ढकालको अभिनय छ ।

सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोसिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ०९ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.