१५ आश्विन २०८०, सोमबार

सामसङले स्मार्ट औंठी बनाउने



काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले स्मार्ट रिङ अर्थात स्मार्ट औंठी बनाउने भएको छ । स्मार्टफोन तथा स्मार्टवाचमा एन्ड्रोइडतर्फ सबैभन्दा ठूलो बजार हिस्सा ओगट्दै आएको कम्पनीले बजार विस्तारको क्रममा नयाँ परियोजना अघि बढाएको हो ।

कम्पनीले केही समय अघिमात्रै ग्यालेक्सी वाच ५ र ग्यालेक्सी वाच ५ प्रो सार्वजनिक गरेको थियो । स्मार्टवाच सार्वजनिक भएको छोटो समयमै कम्पनीले स्मार्ट रिङ निर्माण अघि बढाएको उल्लेख छ ।

जसमार्फत प्रयोगकर्ताको क्रियाकलाप तथा स्वास्थ्यको निगरानी गर्न सकिने जनाइएको छ । यसका लागि कम्पनीले रिंङमा आवश्यक पर्ने मोड्युल तथा पार्टका लागि आवश्यक डिजाइन तयार पारि रहेको उल्लेख छ ।

यसअघि कम्पनीले अमेरिकामा स्मार्ट रिङको प्याटेन्ट दर्ता गराएको थियो । जसमा प्रयोगकर्ताको हार्टरेट तथा ईसीजी समेत परिक्षण गरिने जानकारी उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ४३ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि