२३ मंसिर २०८०, शनिबार

टिभिएसद्वारा ‘टिभिएस एनटर्क १२५ रेस एक्सपी’ सार्वजनिक



काठमाडौं । जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा बुधबार एक कार्यक्रममा टिभिएसका बीच ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले सार्वजनिक गरेका हुन् ।

जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रौनियारद्वारा उद्घाटन गरिएको कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो । लन्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले एक्सचेन्ज मेला पनि आयोजना गरेको छ ।

असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म भृकुटीमण्डपमा चल्नेछ । यस एक्सचेन्ज मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु ७,००० बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ ।

यो योजनामा फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५५ डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ११ : ४८ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले